Trending :
 

धादिङ केन्द्रबिन्दु भए भूकम्प

मंसिर २४,२०८०

-आस्था न्युज

मंसिर २४, २०८० काठमाडौं ।
धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान ८ः २३ बजे ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प गएको छ ।
 
राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिङको मैदी केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प मापन गरिएको बताएको जानकारी दिएको छ।
 
काठमाडौं उपत्यका वरपर केन्द्रबिन्दु बनाएर नियमित जस्तै भूकम्प भैरहेको छ। जाजरकोट र रुकुममा जनधनको ठूलो क्षति हुनेगरी भूकम्प भएपछि भूकम्पको श्रृंखला जारी छ।