Trending :
 

गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

मंसिर २४,२०८०

-आस्था न्युज

मंसिर २४, २०८० काठमाडौं ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । महाराजगञ्जको बाँसबारीमा रहेको शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहनुभएका मन्त्री श्रेष्ठ स्वास्थ्य लाभपछि आज आइतवार डिस्चार्ज हुनुभएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराउनुभएको छ ।
 
यही मङ्सिर १९ गते केन्द्रमा भर्ना हुनुभएका उहाँको मुटुको ुएन्जियोप्लास्टु गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा। अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो ।
 
मन्त्री श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत पुग्नुभएको थियो ।