समाजमा सकारात्मक सन्देश फैलाउन आवश्यक रहेको स्वास्थ्य मन्त्री बस्नेतको भनाई
-आस्था न्युज
मंसिर २४, २०८० काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले, समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सके बलियो भएर खुसीसाथ बाच्न सकिने बताएका छन् ।
खाङ्सेर रिम्पोछेले लेख्नु भएको पुस्तक ‘बलियो भएर खुसीसाथ बाचौं’ लोर्कापण समारोहमा उनले राम्रो कामको सुरुवात आफैबाट गर्नु पर्ने बताए ।
मानिसलाई खुसीसाथ बाच्न सकारात्मक सोच, नियमित व्यायाम र खानपानमा विशेष ध्यान दिनु पर्नेमा जोड दिदै मन्त्री बस्नेतले गहिरो निद्रा मानिसहरुका लागि नभई नहुने बताए ।
स्वास्थ्य समस्याका कारण पनि मानिस तनावमा पर्ने गरेको बताउदै मन्त्री बस्नेतले आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि उपचारको अभावमा कुनै पनि नेपालीले मृत्युवरण गर्न नपरोस् भनेर काम गरिरहेको जिकिर गरे ।
पुस्तकका लेखक खाङ्सेर रिम्पोछेले आठ वर्ष पहिले भियतनामी भाषामा लेखिएको पुस्तक नेपाली भाषामा अनुवाद गरिएको जानकारी दिदैँ यो पुस्तक सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।
पढ्न चाहनेका लागि यो पुस्तक निशुल्क उपलब्ध गराइने पनि रिम्पोछेले जानकारी दिए।