Trending :
 

संसद सेवा दिवसको अवसरमा रक्तदान

मंसिर २५,२०८०

-आस्था न्युज

मंसिर २५, २०८० काठमाडौं । 
१७औं संघीय संसद सेवा दिवस-२०८० को अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 
 
सिंहदरबारस्थित संसद सचिवालय परिसररमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
 
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५०औँ पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत संकलन गर्ने झोला हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
 
संघीय संसद् सेवा दिवस मूल समारोह समितिले संसद् सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।