भारतमा नेपाली युवकमाथि गोली प्रहार
-आस्था न्युज
मंसिर २५, २०८० काठमाडौं ।
नेपाल-भारत सीमा क्षेत्रमा गोली प्रहार हुँदा एक नेपाली युवक घाइते भएका छन् ।
गोली प्रहारबाट आइतबार साँझ विराटनगर महानगरपालिका-८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् ।
महानगरसँग जोडिएको भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । बायाँ तिघ्रामा गोली लागेका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा कक्षमा भइरहेको प्रहरीले जनाएको छ ।
उपभोग्य खाद्यवस्तु किनेर सीमावर्ती भारतीय बजार जोगबनीबाट फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको संग्रौलाले बताएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताए ।