काठमाडौं महानगरको मैत्रीपूर्ण फुटबलमा कर्मचारी ११ विजयी
-आस्था न्युज
मंसिर २५, २०८० काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा कर्मचारी ११ टिम विजयी भएको छ ।
काठमाडौं महानगरपालिका अन्तर्गतको जनप्रतिनिधि ११ विरुद्धको मैत्रीपूर्ण खेलमा सोमबार कर्मचारी टिम ५-३ गोल अन्तरले विजयी भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले राष्ट्रिय रेफ्री तथा राखेपका नायब वरिष्ठ अधिकृत ओमनाथ न्यौपानेलाइ बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।
सो अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायतको उपस्थिति थियो । महानगर दिवसको उपलक्ष्यमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।