एलपीएलः सत्यवती एकेडेमी सेमिफाइनलमा
-आस्था न्युज
मंसिर २५, २०८० काठमाडौं ।
सत्यवती एकेडेमी कैलालीको धनगढीमाजारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समूह ’डी’ को विजेताको रुपमा सेमिफाइनलप्रवेश गरेको छ ।
यसअघि समूह ’सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी समूह ’बि’ बाट युथ अफ टिकापुर सेफिाइनलप्रवेश गरिसकेका छन् ।
आज फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गर्यो ।
सत्यवती एकेडेमीले दिएको १२७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९.१ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनायो ।
एक्सिलेन्स सेन्टरको ब्याटिङमा अर्जुन घर्तिले सर्वाधिक ३४ रन बनाए भने सचिन लेखकले १९, मनोज यादवले १७ तथा राजकुमार शाहले १३ रन बनाए ।
सत्यवती एकेडेमीको बलिङमा फिर्दोश अन्सारी र तृत राजदासले २–२ विकेट लिए भने अभिषेक कोइराला, सन्तोष कार्की, रञ्जितकुमार र सन्दिप क्षेत्रीले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनायो ।
सत्यवतीको लागि कप्तान सन्तोष कार्कीले सर्वाधिक ४८ रन बनाए । ओपनिङ गरेका उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । इमरानशेख र सुजन गौतमले समान २१ रन बनाए ।
क्रिकेट एक्सिलेन्स सेन्टरका अभिनाश बस्यालले २ तथामनोज यादव, दयानन्दमण्डल र मोन्सन सिंहले १–१ विकेट लिए ।
लिटल फ्लावरको सान्त्वना जित
यसअघि दिनको पहिलो खेलमा लिटल फ्लावर स्कुलले गरुडा नगरपालिकालाई ५७ रनले पराजित गर्यो । जितको बाबजुद समूह ’सी’ को उपविजेता लिटल फ्लावर सेफिाइनल प्रवेश गर्न असफल रह्यो ।
तीनवटै खेलमा जितका साथ समूह ’सी’ को विजेताको रुपमा घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरिसकेको छ ।
लिटल फ्लावरले दिएको १३० रनको लक्ष्य पछ्याएको गरुडाले १५ ओभरमा ७२ रनमा सबै विकेट गुमायो । गरुडाका डब्लु मलिकले २३ तथा नितेश यादवले २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लिटल फ्लावरका कप्तान कृष्ण कार्कीले सर्वाधिक ४ विकेट लिए । त्यस क्रममा ४ ओभरमा १० रन खर्चिए । बिपिन खत्री, दिनेश अधिकारी र सचिनभट्टले २–२ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको लिटल फ्लावर स्कुलले २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनायो ।
लिटल फ्लावरका ओपनर मनिस थापाले अर्धशतकीय योगदान दिने क्रममा ४७ बलमा ४ चौका र १ छक्का मद्दतले ५० रन बनाए । अभिषेक पालले २९, अनिल रावतले १४ तथा बिपिन खत्री र दिनेश अधिकारीले समान ११ रन बनाए ।
गरुडा नगरपालिकाको बलिङमा रुपेश सिंह, नितेश यादव र डब्लु मलिकले २–२ विकेट लिए ।
प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे कैलाली जिल्ला क्रिकेट क्लब र शुक्लाफाँटा ब्ल्याकबक्स बीच तथा दोश्रो खेल दिउँसो १ बजे शारदा सेकेण्डरी स्कुल र धनगढी क्रिकेट एकेडेमीबीच हुनेछ ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो । प्रतियोगिताको उपाधिविजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता छ ।