Trending :
 

मौसमः पहाडमा वर्षा र उच्च भेगमा हिमपातको सम्भावना

मंसिर २६,२०८०

-आस्था न्युज

मंसिर २६, २०८० काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका केही स्थानहरूमा  हुस्सु र कुहिरो लागेको छ ।
 
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
 
आज राति भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने। देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।