खेल क्षेत्रमा लगानी गरेर नेपालीको गौरव बढाउने चाहना पुरा गर्नुपर्नेमा जोड
-आस्था न्युज
मंसिर २६, २०८० काठमाडौं ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रमा लगानी गरेर नेपालीको गौरव बढाउने चाहना पुरा गर्नुपर्ने बताएका छन् ।
नेपाल ओलम्पिक कमिटीको आयोजनामा हकी खेल खेलका खेलाडीलाई अवार्ड प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पहिले नेपालमा हकी निकै नै लोकप्रिय रहेको उल्लेख गर्दै उनले तर समय चरणमा खेल विकासको वातावरण पनि फरक हुँदै जाँदा हकी खेल पछि पर्दै गएको बताए ।
सरकारले देशको गौरव बढाउने खालका खेलहरु चिनेर स्पष्ट नीति बनाउन नसकेको भन्दै श्रेष्ठले सबै खेलहरु एकै ढंगबाट अगाडि बढिरहेको अवस्था नेपालमा रहेको बताए ।
‘हामी भन्दै आइरहेका छौं कि खेलको प्रारथमिकीकरण गर्न आवश्यक छ । खेलको वर्गीकरण गरेर लगानी र वर्ग छुट्याउनुपर्छ । तर यो कुराहरु अझै हुन सकेको छैन । म आफैं सहसचिव भएको बेला भिजन ट्वान्टी ट्वान्टी भन्ने योजना अघि सारेको थिएँ, जसमा खेललाई ५ समूहमा वर्गीकरण गरेर त्यसअनुसार लगानी गर्नुपर्छ भन्ने हाम्रो योजना थियो । तर त्यो कार्यक्रम कार्यान्वयनले निरन्तरताा पाएन’ उनले भने ।
सीति स्रोत र साधनन एवं अर्थतन्त्र सानो भएकाले अरु देशमा जस्तो खेलाडी र खेलको अवस्था नभए पनि यस क्षेत्रमा लगानी बढाएर खेलाडीको हौसला बढाउने साथै खेलबाट नेपापलीको गौरव बढाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।
खेल क्षेत्रको विकासका लागि खेलकर्मीसहित सबै पक्षले दत्तचित्त भएर लाग्नु पर्ने उल्लेख गर्दै श्रेष्ठले हक्कीको क्षेत्रमा तन, मन र वचन लगाएर अघि बढ्न सकने राम्रो प्रगति हुने बताए ।