Trending :
 

एलपीएलः शुक्लाफाँटा र धनगढी क्रिकेट एकेडेमी विजयी

मंसिर २६,२०८०

-आस्था न्युज

मंसिर २६, २०८० काठमाडौं । 
कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् । 
 
शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई र धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गरेको हो ।
 
पहिलो खेलमा शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित ग¥यो । समूह चरणमा सबै ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको शुक्लाफाँटाले सेमिफाइनल सम्भावना जीवितै राखेको छ । दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इनडोरसँग पराजित भयो । शुक्लाफाँटाले दिएको १८४ रनको लक्ष्य पछ्याएको कैलालीले १८.४ ओभरमा ९३ रन बनाउँदा सबै विकेट गुमायो ।
 
कैलालीका नरेन साउदले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । शुक्लाफाँटाको बलिङमा वसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले २÷२ विकेट तथा भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले १÷१ विकेट लिए ।
 
यसअघि टस जितेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो ।
 
शुक्लाफाँटाका लागि दुई ब्याटरले अर्ध शतकीय योगदान दिए । प्लेयर अफ द म्याच घोषित किरण ठगुन्नाले सर्वाधिक ७० रन बनाए । उनले ४२ बलमा १० चौका र १ छक्का प्रहार गरे । यस्तै विशाल ऐरले ४३ बलमा ६ चौका र २ छक्का मद्दतले ५४ रन बनाए । लोकेश जोशीले ३७ रन बनाए ।
 
बलिङतर्फ कैलाली क्रिकेट क्लबका लागि विनोद बोहराले ३ विकेट तथा धर्मराज जोशीले २ विकेट लिए ।
 
दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा सेकेण्डरी स्कुललाई ८१ रनले पराजित ग¥यो । १७१ रनको लक्ष्य पछ्याउने क्रममा शारदाले १५.५ ओभरमा ८९ रन मात्र बनाउन सक्यो । धनगढी र शारदा दुवै टिम सेमिफाइनल यात्राबाट बाहिर भइसकेका छन् । 
 
लक्ष्य पछ्याउने क्रममा शारदाका अभिषेक मल्लले ४१ तथा जीवन चन्दले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 
 
प्लेयर अफ द म्याच घोषित धनगढी क्रिकेट एकेडेमीका लेग स्पिनर युवराज खत्रीले ४ विकेट लिए । उनले ३.५ ओभरमा १६ रन खर्चिए । विजय रानाले २ तथा हिक्मत महरा, मान साउद र नीरज ऐरले १÷१ विकेट लिए । 
 
यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो । 
 
धनगढीको ब्याटिङमा मान साउदले सर्वाधिक ३७ रन बनाए । यस्तै सचिन साउदले ३५, युवराज खत्रीले २९ तथा विजय रानाले २३ रन बनाए । ११५ रनमा ७ विकेट गुमेको अवस्थामा मान र युवराजले अविजित ५५ रनको साझेदारी गरे । 
 
प्रतियोगिताअन्तर्गत बुधबार पनि दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे क्रिकेट एक्सीलेन्स सेन्टर र जेएस स्पोर्ट्स–११ सुपर स्टार्सबीच तथा दोस्रो खेल शारदा सेकेण्डरी स्कुल र कैलाली मल्टिपल क्याम्पसबीच हुनेछ । 
 
प्रतियोगिताको सेमिफाइनल पुग्ने तीन टिमको टुंगो लागिसकेको छ । समूह ‘बी’ बाट युथ अफ टिकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल पुगेका छन् । 
 
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको यो आठौं संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता छ ।