Trending :
 

च्याम्पियन्स लिगबाटै बाहिरियो म्यानचेस्टर युनाइटेड

मंसिर २७,२०८०

-आस्था न्युज

मंसिर २७, २०८० काठमाडौं ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्पियन्स लिगबाट आउट भएको छ । समूह एमा जर्मन क्लब बार्यन म्युनिखसँग १–० सँग पराजित भएपछि प्रतियोगिताबाट बाहिर भएको हो । 
 
समूह चरणका ६ मध्ये १ खेलमा जित र १ मा बराबरी गरेपछि युनाइटेड पुछारमा रहेको थियो । यो  समूहबाट बार्यन ६ खेलमा १६ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । युनाइटेडेको घरेलु मैदान वल्डटाफोर्डमा ७० औं मिनेटमा गोल ब्यहोर्न पुग्यो । बार्यनका किंग्सले कोमानले हेरि केनको पासमा उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । सोही गोल अन्तरले बार्यनले जित निकाल्दा युनाइटेड भने समूह चरणबाटै बिदा भयो ।
 
यही समूहमा रहेको एफसी कोपन हेगनले पनि अर्को चरणको यात्रा तय गरेको छ । कोपनहेगनले गालातासारेलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै कोपनहेगन ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
 
कोपनहेगनका लागि ५८ औं मिनेटमा लुकास लेरगरले गरेको एकमात्र गोल नैं निर्णायक बन्न पुग्यो ।