Trending :
 

बुधबार पनि घट्यो सुनको मुल्य, तोलामा कतिमा हुदैछ कारोबार ?

मंसिर २७,२०८०

-आस्था न्युज

मंसिर २७, २०८० काठमाडौं ।
नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १६ हजार रुपैयाँ कायम भएको हो । 
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै सस्तिँदै १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।