Trending :
 

एकै दिन २ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंसिर २८,२०८०

-आस्था न्युज

मंसिर २८, २०८० काठमाडौं ।
कारोबारको पाँचौ दिन आज नेपाली बजारमा आज सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ। 
 
बुधवार १ लाख १६ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख १८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
त्यसैगरि, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १८ हजार २ सय ५० रूपैयाँ कायम भएको छ ।
 
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ५५ रूपैयाँले बढेर १ हजार ४ सय ५५  रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।