Trending :
 

१४ किलो सुन तस्करी प्रकरणः त्रिभुवन विमानस्थलका सुपरभाइजर पक्राउ

मंसिर २८,२०८०

-आस्था न्युज

मंसिर २८, २०८० काठमाडौं ।
१४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । 
 
२१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले दुई १४ किलो सुनसहित पक्राउ परेका थिए ।
 
विमानबाट झर्ने पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको बताएका थिएका थिए । 
 
सरकारले उक्त सुन प्रकरणको खनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति समेत गठन गरेको थियो । सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधवार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।