Trending :
 

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

मंसिर २८,२०८०

-आस्था न्युज

मंसिर २८, २०८० काठमाडौं ।
मोरङको उर्लाबारी नगरपालिका–१ मा ट्रयाक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । 
 
उर्लाबारी-१ स्थित खेतमा माटो लोड गरी सडकतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ त १०५६ नम्बरको ट्याक्टरबाट लडेर सहचालक मिक्लाजुङ गाउँपालिका–९ का ३४ वर्षीय नैन श्रेष्ठ घाइते भएका थिए ।
 
उपचारका लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
 
दुर्घटनामा संलग्न ट्रयाक्टर र चालक मिक्लाजुङ–९ का भागिरथ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।