Trending :
 

विद्युत खपत वृद्धि कार्ययोजना स्वीकृत गर्ने सरकारको निर्णय

मंसिर २८,२०८०

-आस्था न्युज

मंसिर २८, २०८० काठमाडौं ।
मन्त्रिपरिषद् बैठकले बिहीबार एउटा कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ भने दुई कर्मचारीलाई बढुवाको निर्णय गरेको छ । सरकारले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना २०८० स्वीकृत गर्ने निर्णय गरेको हो । 
 
सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन । 
 
उनका अनुसार सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरण विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई र नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने पनि निर्णय गरेको छ ।