Trending :
 

ट्रक दुर्घटनामा चालकको मृत्यु

मंसिर २९,२०८०

-आस्था न्युज

मंसिर २९, २०८० काठमाडौं ।
चितवनको इच्छाकामना मन्दिर नजिकै आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 
 
इच्छाकामना गाउँपालिका-२ चिसापानीमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा इच्छाकामना-३ का ४० वर्षीय चालक अनिल गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।