Trending :
 

पाइथान गेम्समा चार नेपाली खेलाडी सहभागी हुँदै

मंसिर २९,२०८०

-आस्था न्युज

मंसिर २९, २०८० काठमाडौं ।
भारतको नयाँदिल्लीमा आगामी पुस ३ देखि ५ गतेसम्म हुने मोडर्न पाइथान गेम्समा नेपालबाट चार मुवाथाई खेलाडीले भाग लिने भएका छन् । 
     
प्रतियोगितामा दुई पुरुष तथा दुई महिला खेलाडी सहभागी हुनेछन् । पुरुष ६५ केजीमा मुकेश लुइँटेल खत्री तथा ६० केजीको प्रतिस्पर्धामा किशोर नेगी रहेका छन् । महिलातर्फको ४८ केजीमा प्राप्ति बतास र ५१ केजीमा पारिका बतास सहभागी हुँदैछन् । 
 
प्रतियोगितामा भाग लिने पाँच सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो ।