Trending :
 

सुर्तीजन्य पदार्थ विक्री रोक गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

मंसिर २९,२०८०

-आस्था न्युज

मंसिर २९, २०८० काठमाडौं ।
उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।
 
शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।