Trending :
 

नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ महिना जेल बसेर धरौटीमा छुटे पूर्व गृहमन्त्री खाँण

मंसिर २९,२०८०

-आस्था न्युज

मंसिर २९, २०८० काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ७ महिना जेल बसेर शुक्रबार छुटेका छन् ।
 
उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएका थिए ।
 
खाँणले आइतबार जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाए । त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो ।
 
शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख धरौटीमा छाड्न आदेश दियो । खाँणले बैंक ग्यारेन्टी राखेका छन् । अख्तियारले साधारण तारेखमा छाड्ने निर्णय गरेको प्रवक्ता नरहरि घिमिरेले बताए ।