Trending :
 

३२ करोडमा बन्यो चाँंगुनारायण नगरपालिकाको अत्याधुनिक भवन

मंसिर ३०,२०८०

-आस्था न्युज

मंसिर ३०, २०८० काठमाडौं ।
चाँंगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ ।  नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न  भवनको हिजो उद्घाटन गर्नुभयो । चाँंगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा रु ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण  भएको होे ।
 
त्यस अवसरमा नगरको विकासमा  विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै नगरप्रमुख खत्रीले नयाँ भवनबाट नगरवासीलाई  सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो । 
 
 नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले रु तीन करोड, केन्द्र सरकारबाट रु सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो । रासस