Trending :
 

राष्ट्रियसभा निर्वाचनः आज चुनाव चिह्न प्रदान गरिने

पौष ०१,२०८०

-आस्था न्युज

पुष १, २०८० काठमाडौं ।
निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज आइतवार राजनीतिक दलहरुलाई चुनाव चिह्न प्रदान गर्नेछ । 
 
आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको हो । 
 
राष्ट्रियसभा निर्वाचनमा सहभागि हुन १२ दल दर्ता भएका र आज ति दलहरुलाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । 
 
दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । 
 
फागुन २० गतेदेखि नेकपा एमालेका ९ सहित २० राष्ट्रियसभा सदस्यहरु २० पदमुक्त हुदैछन् ।