Trending :
 

२५ किलो चरेससहित दुई जना पक्राउ

पौष ०१,२०८०

-आस्था न्युज

पुष १, २०८० काठमाडौं ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको बलम्बुबाट २५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले बताए । 
 
२५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ गरिउको थपलियाले बताए । 
 
यसैगरि, शनिवारमात्र अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले बताए । 
 
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।