Trending :
 

विवाहपञ्चमी महोत्सवका लागि मधेस प्रदेशमा आज सार्वजनिक बिदा

पौष ०१,२०८०

-आस्था न्युज

पुष १, २०८० काठमाडौं ।
मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ । 
 
विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो । 
 
मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ । 
 
त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।