Trending :
 

इंग्लिस प्रिमियर लिगमा सिटीले अंक बाँड्यो

पौष ०१,२०८०

-आस्था न्युज

पुष १, २०८० काठमाडौं ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अन्तिम समयमा गोल खाँदा बराबरीमा चित्त बुझाएको छ । 
 
शनिबार राति भएको खेलमा सिटीले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सिटीले २ गोलको अग्रता जोगाउन असफल भयो ।
 
२४ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै अग्रता दिलाएका थिए । उनले फिल फोडेनको पासमा गोल गरेका हुन् । 
 
५४ औं मिनेटमा रिको लेविसले गोल गरेपछि सिटी २–० को सहज अवस्थामा पुगेको थियो । तर, ७६ औं मिनेटमा क्रिष्टलले पहिलो गोल फर्कायो । 
 
उसका लागि जिन फिलिपे माटेटाले गोल गरेका थिए । दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा सिटीका खेलाडीले फल गरेपछि क्रिष्टलले पेनाल्टी पाएको थियो । 
 
उक्त पेनाल्टीलाई मिचेल ओलिसेले गोलमा परिणत गर्दै सिटीबाट महत्वपूर्ण १ अंक दिलाए । 
 
यो नतिजापछि सिटी १७ खेलमा ३४ अंकसहित तालिकाको चौथो स्थानामा छ भने क्रिष्टल १७ खेलबाट १७ अंकसहित १५ औं स्थानमा छ ।