Trending :
 

१ हजार ३ सय रूपैयाँले घट्यो सुनको मूल्य

पौष ०१,२०८०

-आस्था न्युज

पुष १, २०८० काठमाडौं ।
साताको पहिलो कारोबारको दिन आइतवार आज सुनको मूल्य घटेको छ ।
 
आज सुनको मूल्य १ हजार ३ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।
 
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ४ सय ७० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले  घटेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोवार भइरहेको छ ।