Trending :
 

यसरी मनाइयो छैटौँ राष्ट्रिय झण्डा दिवस (फोटो फिचर)

पौष ०१,२०८०

-आस्था न्युज

पुष १, २०८० काठमाडौं ।
आज पुस १ गते ।  काठमाडौंमा छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । 
 
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले छैटौं राष्ट्रिय झण्डा दिवस मनाएको हो ।  नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट ¥याली समेत निकालेको हो । ¥याली बसन्तपुरदेखि रत्नपार्कसम्म पुगेको थियो ।
 
नेपालमा वि.स. २०७५ साल पुष १ गतेबाट नेपालमा राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो ।
 
२०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए । 
 
‘नेपालीलाई नै झण्डाको एउटा महत्व बुझाउनको लागि यो अभियान शुरु गरेका हौँ । युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस शुरु गरिएको हो ।’ उनले भने, ‘ नेपाली झण्डाको गरिमा र यसको प्रयोगबारे विश्वमा जानकारी दिनका लागि हामि यो दिवस मनाउँदै आएका छौँ,’
 
No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.