Trending :
 

भन्सारमा ‘पुरस्कार व्यवस्था’ खारेजी माग, आजपाद्वारा विभाग घेराउ

पौष ०१,२०८०

-आस्था न्युज

पुष १, २०८० काठमाडौं ।
आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी माग गरेको छ । उक्त माग पूरा गर्न दबाब दिने उद्देश्यले भन्सार विभाग घेराउ गरिएको छ । 
 
नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था ‘लुटकारी प्रावधान’ रहेको भन्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउन गर्दै खारेजीको माग गरिएको हो ।
 
त्यस कार्यक्रममा सहभागी बिल्लुप्रसाद यादवले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको लुट भइ जनताको हातमा नगएर सिधा कर्मचारीको गोजीमा गइरहेको भन्दै त्यसको विरुद्धमा आन्दोलन गर्नुपरेको बताए ।
 
उनले भने, ‘भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको लुट भइरहेको छ । त्यो जनताको हातमा नगएर सिधा कर्मचारीको गोजीमा गइरहेको छ, यो अनाधिकृत कुरा हो । त्यो जनताले पाउनुपर्छ भन्ने हाम्रो माग हो । कर्मचारीहरुले बाँडिचुँडी खाने प्रवृत्तिविरुद्ध हामी उभिएका हौं ।’ 
 
आजपाले यसअघि गत असोजमा पनि त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको थियो ।