Trending :
 

भ्रष्टाचारमा अन्य दलको संलग्नताले राप्रपाको पक्षमा जनमत बढ्दै गयो: अध्यक्ष लिङ्देन

पौष ०१,२०८०

-आस्था न्युज

पुष १, २०८० काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले, आफ्नो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको बताएका छन् । 
 
आइतबार धुम्बाराहीमा जारी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारका हरेक काण्डमा अन्य दलका नेताहरूको संलग्नता देखिनाले राप्रपाको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको बताएका हुन् । 
 
‘नेताहरु र सरकारको नेतृत्व गरेको मानिसहरु संलग्न भएको तथ्यहरु बाहिर आइसकेको छ ।’ उनले भने, ‘भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। त्यसैले हाम्रो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको छ ।’
 
अध्यक्ष लिङ्देनले सबै दलका नेताहरु मिसन ८४ भनेर हिँडिरहेका अवस्थामा राप्रपालाई मिसन ८४ कुर्ने छुट नभएको बताए । 
 
उनले भने, ‘अहिले सबै  दलका नेताहरु मिसन ८४ भनेर हिडिरहेका छन् । तर राप्रपालाई मिसन ८४ कुर्ने छुट छैन् । धैर्य गर्ने समय छैन् । किनकी देशको अर्थतन्त्र ओरालो लागिरहेको छ ।’
 
उनले राप्रपाले केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने दाबी गरे । 
 
उनले अगाडी भने, ‘राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ। सत्ता केन्द्रित नभई आम जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिन्छौँ।’
 
उनले आ–आफ्नो सांगठनिक तागतमा चारैतिरबाट आन्दोलन र जनदबाब सिर्जना गर्नुपर्ने धारणा राख्दै राप्रपा नेतृत्वमाथि योजनाबद्ध रूपमा भइरहेको बदनाम रोकिनुपर्ने उल्लेख गरे ।