Trending :
 

नेपाल स्नेही काखद्वारा जाजरकोटका भुकम्प पीडितलाई राहत वितरण

पौष ०१,२०८०

-आस्था न्युज

पुष १, २०८० काठमाडौं ।
ललितपुरमा रहेको नेपाल स्नेही काखले जाजरकोटका भुकम्प पीडितलाई चिसोबाट जोगाउने उदेश्यले राहत वितरण गरेको छ ।
 
लामो समयदेखी मानसिक सन्तुलन गुमाएर सडकमा रहेका बेवारिसे नागरिकहरुको उद्धार र सरंक्षण गर्दै आएको नेपाल स्नेहि काखले सत्य देवी ट्रष्ट र उइस मेकर फाउण्डेसनकोको सहकार्यमा जाजरकोटका दुर्गम बस्तीमा पुगेर खाद्यान्न, लत्ता कपडा वितरण गरिएको सञ्चालक श्रीनेहा पोखरेलले बताउनुभयो ।
 
राहत वितरणका क्रममा जाजरकोट भुकम्प पीडित तथा विशेष गरी गर्भवति, सुत्केरी महिला र शिशुहरुलाई चिसोले निक्कै नै प्रभाव पारेको पाइएको उहाको भनाई छ ।
 
चिसोबाट जोगउन गार्हो भईरहेको बेला एक नेपालीले अर्को नेपालीको घाउँमा मलम पट्टीगर्ने प्रयासले  कुशे गाउपालिका वडा न. ४ आर्छानि श्री हिमालय भानुभक्त्त प्राथमिक बिध्यालयमा पनि राहात विरण सम्पन्न गरिएको पोखरेलले जानकारी दिनुभयो ।
 
त्यस्तै वडा न ४ का ५ वटा टोलहरु माथिल्लो अर्छानि,  तल्लो अर्छानि, फलफुले, तागाचौर, र तम्ति गरि सबै टोलमा चामल एक सय बोर, ब्ल्याङ्केट फाइबर पातलो ७०, राडि ५०,  डसना ५०, जकेट सुराल सेट ५००, टोपी ५०० र सुत्केरि र गर्भवतीलाई स्पेसल प्याकेज गरेर जम्मा २५० जनालाइ वितरण गरिएको छ । त्यस्तै स्कुलका बालबालिकाहरुलार्इ कापि, कलम, इरेजर, सापनर, लुगा गरि , जेष्ठ नागरिक, महिला,  पुरुष, अपाङ लगायत सबैलाई वितरण गरिएको उहाले बताउनुभयो ।
 
May be an image of 11 people, child and treeMay be an image of 8 peopleMay be an image of 6 peopleMay be an image of 8 people and trainMay be an image of 13 people, mountain and treeMay be an image of 4 peopleMay be an image of 1 person and crowdMay be an image of 3 people and crowdMay be an image of 12 people, crowd and textMay be an image of 2 people and crowdMay be an image of 8 peopleMay be an image of crowd and textMay be an image of crowd and textMay be an image of 1 person and crowd