Trending :
 

ललितपुर महानगरले १०५औं स्थापना दिवस मनाउँदै, स्वास्थ्य बिमा सुरु गर्दै

पौष ०२,२०८०

-आस्था न्युज

पुष २, २०८० काठमाडौं  । 
ललितपुर महानगरपालिकाले स्थापना दिवसका अवसरमा महानगरभित्रका बासिन्दाका लागि स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने भएको छ । 
 
सफाइ अड्डाका रुपमा विस १९७५ मा स्थापना भएको ललितपुर महानगरपालिकाले सोमबार १०५ औं स्थापना दिवस मनाउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई उक्त समारोहको प्रमुख अतिथिका रुपमा निम्त्याएको महानगरले समारोहको तयारी पुरा भएको आइतबार जनाएको हो । 
 
समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रम राखेको महानगरले स्वास्थ्य बिमाको रजिष्ट्रेसन पनि सुरु गर्ने भएको छ । 
 
हाल स्वास्थ्य सेवा प्रदान गररिहेको भवनको संरचना परविर्तन गरेर बिमितलाई सेवा दिने योजना छ । बिमितले उपचार सेवा भने फागुन १ गतेबाट पाउने जनाइएको छ ।