Trending :
 

बोका चोरेको आरोपमा २ जना पक्राउ

पौष ०२,२०८०

-आस्था न्युज

पुष २, २०८० काठमाडौं  । 
गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा (१) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।
 
गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका ५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन् ।
 
अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुई जनालाई गुल्मीदरवार गाउँपालिका १ बाट नियन्त्रणमा लिएको हो ।
 
सोधपुछका क्रममा उनीहरूले बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको खुलेको डिएसपी पाण्डेले बताए ।
 
पक्राउ परेका दुवै जनालाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।