Trending :
 

नेकपा एसको सचिवालय बैठक आजबाट

पौष ०२,२०८०

-आस्था न्युज

पुष २, २०८० काठमाडौं  । 
नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज सुरु हुँदैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । 
 
आजको बैठकमा दुई महिने संगठन निर्माण अभियानबारे छलफल हुने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।
 
बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने महासचिव भुसालले बताए । 
 
बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।