Trending :
 

जानकी मन्दिरमा सिताराम विवाह सम्पन्न, आज राम कलेवा

पौष ०२,२०८०

-आस्था न्युज

पुष २, २०८० काठमाडौं  । 
रंगभूमि मैदान (वरहविघा)मा स्वयंवर र रात्रिकाल जानकी मन्दिरमा बनाइएको भव्य विवाह मंडपबीच रामसीता विवाह सम्पन्न भएको छ ।
 
त्रेताकालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि वैवाहिक समारोह मनाइएको छ ।
 
अयोध्याबाट सीता र रामको डोला ल्याई आएका जन्तीको उपस्थिति र श्रद्धालुको सहभागितामा आइतवार स्थानीय रंगभूमि मैदानमा स्वयम्बर समारोह गरिएको थियो । 
 
ढोल पिपही, सहनाई, बैन्डबाजासहित रंगभूमि मैदान पुगेको रामसीताको डोलाबीच मालाफेर हुँदा नेपाली सेनाको हेलिकप्टरले आकाशबाट पुष्पवृष्टि गरेको थियो । 
 
नेपाली शेनाका महिला सांगीतिक समूहले डोला नगर परिक्रमा गÞरी राखदा पञ्चे बाजा समेत बजाएका थिए ।
 
साँझ जानकी मन्दिर प्रांगणमा बनाइएको भव्य मण्डपमा मिथिला परम्पराअनुसार सीतारामको विवाह भएको छ । 
 
यस्तै एक सातासम्म चलेको विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा हुँदैछ ।
 
रामकलेवामा जानकी मन्दिरमा विशेष भण्डारा (भोज) को आयोजना गरी विहेमा जन्तीको रूपमा आएका पाहुनाहरुलाई  भोजन गराइन्छ । भोजन पश्चात् आज साधु सन्त लाई दक्षिणा प्रदान गरी बिदा गर्ने परम्परा छ ।
विवाहपञ्चमी महोत्सव आज रामकलेवा भएसँगै सकिनेछ ।