Trending :
 

जीवन विकास लघुवित्तद्वारा सेयरधनीलाई बोनस सेयर घोषणा

पौष ०२,२०८०

-आस्था न्युज

पुष २, २०८० काठमाडौं  । 
जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १४ प्रतिशत सेयर बोनस घोषणा गरेको हो ।
 
१ सय कित्ता सेयर हुनेले १४ कित्ता सेयर बोनस पाउनेछन् । सो बोनस सेयरका लागि कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
 
राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ ।