सर्वोच्चमा प्रस्तावित सबै न्यायाधीशको सुनुवाइ सकियो
-आस्था न्युज
पुष २, २०८० काठमाडौं ।
सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ ।
सोमबार प्रतिनिधिसभा अन्तर्रगतको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्चमा प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकिएको हो ।
आज सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ सकिएसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिएको हो ।
यसअघि हिजो आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले तथा त्यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको पनि संसदीय सुनुवाइ भएको थियो । समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् ।
गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो।
संसदीय समितिले प्रस्तावित न्यायाधीशका विषयमा निर्णय बुधबारको बैठकबाट गर्नेछ ।