Trending :
 

पाँच लाख घूससहित वडाध्यक्ष पक्राउ

पौष ०२,२०८०

-आस्था न्युज

पुष २, २०८० काठमाडौं  । 
जितपुर सिमरा नगरपालिका-३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ । कार्की रु पाँच लाख घूससहित पक्राउ परेका हुन्  ।  
 
वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ । 
 
पक्राउ पर्नुभएका वडाअध्यक्ष नेकपा ९एमाले० पार्टीबाट निर्वाचित हुनुभएको थियो । उहाँ एमाले मधेस प्रदेश कमिटीको सदस्य पदमा रहनुभएको छ ।