Trending :
 

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

पौष ०३,२०८०

-आस्था न्युज

पुष ३, २०८० काठमाडौं । 
रामेछापको लिखुतामाकोशी गाउँपालिका-७  मा रहेको नवदर्शन माध्यमिक विद्यालयका  शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । 
 
सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो । पीडित छात्राले आफुमाथि शिक्षक सार्कीले यौन दुव्र्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो । 
 
प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको  प्रश्नपत्र प्रदान गर्ने बहानामा निजमाथि  यौन दुर्व्यवहार गरेका थिए । रासस