Trending :
 

मंगलबार तोलामा दुई सय रुपैयाँले बढ्यो सुनको मुल्य

पौष ०३,२०८०

-आस्था न्युज

पुष ३, २०८० काठमाडौं । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । 
 
सोमबार स्थिर रहेको सुनको मूल्य प्रतितोला २ सयले बढेर आज छापावाल सुन १ लाख १८हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम रहेको महासंघले जनाएको हो । मंगलबार छापावाला र तेजाबी सुुनमा समान २ सय रुपैयाँ बढेको हो । 
 
यस्तै, आज चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेको छ । सोमबार स्थिर रहेको चाँदीमा आज ५ रुपैयाँ घटेर प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएको महासंले जनाएको छ ।