Trending :
 

एनसेल प्रकरणमा सरकार गम्भीर छ, दोषी कारबाही गर्न पछि हट्दैन: प्रधानमन्त्री

पौष ०३,२०८०

-आस्था न्यूज

पुस ३, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री स्वभाविक नभएकोले सरकार यो प्रकरणमा गम्भीर रहेको बताएका छन् ।
 
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको जानकारी सञ्चारमाध्यमहरुमा चर्चामा आएसँगै त्यसलाई लिएर आफू गम्भीर रहेको बताए ।
 
दाहालले भने, ‘मैले दुबईमा नै यो बारे सुने र भोलिपल्ट नै फर्किए । त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिए । मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुप¥यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको हो । सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु ।’ उनले थपे ‘योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाए ।
 
यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ । हामीले कसैलाई ओभरल्याप गर्ने उद्देश्यले विल्कुल गरेको होइन । दूरसञ्चार प्राधिकरणको प्रतिनिधिहरु समेत बसेर यसरी जानु नै उचित हुन्छ भन्ने सोचे सम्झेको निष्कर्षमा पुगेपछि समिति बनाइएको हो ।’
 
संसदीय समितिले प्रधानमन्त्री दाहालसँग आज एनसेल प्रकरणबारे छलफल गरेको छ । सो छलफलमा उपस्थित दाहालले एनसेलको सेयर खरिद बिक्री प्रकरण स्वभाविक नभएको स्वीकार गरेका छन् । 
 
उनले भने, ‘ यस प्रकरणमा कतै कसैबाट कानून विपरितका कामकारबाही भए गरेको पाइएमा जुन सरकारलाई सहज नलागेकै हुनाले मैले सुरुमै निर्देशन जारी गरेको हो । यो सहज र स्वभाविक छैन यो खरिदबिक्री  भन्ने देखिएकै हुनाले नै निर्देशन जारी गर्नुपनरेको हो । यसमा कहीँन कहीँ गलत छ भन्ने लागेकै हुनाले छानविन समिति बनाइएको हो ।’
 
छानबिन गर्न गठित टंकमणि शर्मा दंगालले संयोजक रहेको समितिले आइतबादेखि काम सुरु गरिसकेको पनि दाहालले जानकारी दिए । 
 
प्रधानमन्त्री दाहालले एनसेल प्रकरणमा दोषी पाइएकालाई कानूनी कारबाही गर्न आफू पछि नहट्ने समितिलाई बताए । 
 
‘यसमा कानून विपरिक कहीँ कतैबाट कामकारबाही भए गरेको पाइएमा कानून बमोजिम हदै सम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको सम्मानित समितिमा जानकारी गराउँछु ।’