Trending :
 

भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै टहरामा आगलागी

पौष ०३,२०८०

-आस्था न्यूज

पुस ३, २०८० काठमाडौं ।
भैँसेपाटीस्थित बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ । क्वार्टरसँगै काममा खटिएका मजदुर बस्ने टहरामा समेत आगो लागेको र हाल नियन्त्रणमा आइसकेको भैँसेपाटी प्रहरी प्रभागले जनाएको छ ।
 
प्रहरीका अनुसार बिहान सवा ११ बजेतिर लागेको  आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट एउटा टहरोमा बाहेक अरु ठूलो क्षति नभएको प्रहरीको भनाइ छ ।