Trending :
 

शिवम् सिमेन्टले नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने

पौष ०३,२०८०

-आस्था न्यूज

पुस ३, २०८० काठमाडौं ।
शिवम् सिमेन्टले आर्थिक वर्ष २०७९/० को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको १३३औँ बैठकले लगानीकर्तालाई १५ प्रतिशत लभांशको प्रस्ताव गरेको हो ।
 
कम्पनीले चुक्ता पुँजी ४ अर्ब ४० करोडको १४.२५ प्रतिशत बोनस सेयर दिने छ । १४.२५ प्रतिशतका दरले  ६२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने छ । यस्तै, चुक्ता पुँजीको ०.७५ प्रतिशतका दरले हुने ३ करोड ३० लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
 
यस्तै, शिवम् सिमेन्टले यही पुस २७ गतेलाई वार्षिक साधारण सभा समेत बोलाएको छ । यसका लागि कम्पनीले यही पुस १९ गते ‘बुक क्लोज’ गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ ।