Trending :
 

अछाममा ब्रेक फेल भएर बस सडकमै पल्टियो, १३ जना घाइते

पौष ०३,२०८०

-आस्था न्यूज

पुस ३, २०८० काठमाडौं ।
मंगलबार दिउँसो अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो ।
 
हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का  कार्बु लामाले चलाएको भे १ च २५७६ नम्बरको  जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।
 
घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।