Trending :
 

खानेपानी संस्थानमा जागिर खुल्यो, माग्यो ६१ जना कर्मचारी

पौष ०४,२०८०

-आस्था न्युज

पुस ४, २०८० काठमाडौं ।
नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो । 
 
रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको संस्थानले जनाएको छ । खानेपानी संस्थानले आफ्ना विभिन्न शाखामा गरी ६१ जना कर्मचारी मागेको छ ।
 
योग्य नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।