Trending :
 

महालक्ष्मी विकास बैंकले गत वर्षको कमाइबाट शेयरधनीलाई लाभांश दिने

पौष ०४,२०८०

-आस्था न्युज

पुस ४, २०८० काठमाडौं ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
 
बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६०० रुपैयाँ छ।
 
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।