१० हाइड्रोपावर कम्पनीद्वारा सेयरधनीलाई लाभांश घोषणा
-आस्था न्युज
पुस ४, २०८० काठमाडौं ।
हालसम्म १० वटा हाइड्रोपावर कम्पनीहरुले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।
जसमध्ये ५ कम्पनीले नगद लाभांश मात्रै घोषणा गरेका छन् भने ४ वटाले बोनस सेयर मात्रै र एउटा कम्पनीले नगद र बोनस सेयर दुवै दिने भएको छ । धेरै हाइड्रोपावर कम्पनीले भने यस पटक लाभांश नदिने भएका छन् । आयोजना निर्माणकै क्रममा रहेका कम्पनीहरूले पनि लाभांश दिने छैनन् ।
बरुण हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, सगरमाथा जलविद्युत् कम्पनी, सानिमा मिडिल तमोर, त्रिशूली जलविद्युत् कम्पनी, श्वेतगंगा, इङवा हाइड्रोपावर, मकर जितुमाया सुरी, सयपत्रि हाइड्रोपावर, मध्यभोटेकोशी, रावा इनर्जी, आँखुखोला जलविद्युत् कम्पनी, सान्जेन जलविद्युत्, नेसनल हाइड्रोपावर तथा खानीखोला हाइड्रोपावर कम्पनीले लाभांश दिने छैनन् । यीमध्ये केही कम्पनीका आयोजनाहरु निर्माणकै क्रममा छन् ।