Trending :
 

एकल महिलालाई दुव्र्यवहार गरेका फरार प्रतिवादी पक्राउ

पौष ०४,२०८०

-आस्था न्युज

पुस ४, २०८० काठमाडौं ।
एकल महिलालाई दुर्व्यवहार गरेको अभियोग लागेका एक जनालाई प्रहरीले बाँकेबाट पक्राउ गरेको छ । 
 
एकल महिलाई दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले गुल्मीको सत्यवति गाउँपालिकाका ४४ वर्षीय डिलबहादुर गलामी लाई पक्राउ गरेको हो । 
 
गलामीले म्यासेजिङ एपमा एक जना एकल महिलासँगको वार्तालापको स्क्रिन रेकर्ड गरेको र पछि उक्त रेकर्ड सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देशसहित पोस्ट गरेर चरित्रहत्या गरेको साइबर ब्युरोले जनाएको छ । 
 
पीडित महिलाले उनीविरुद्ध साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराधको कसुरमा गत भदौ २६ गते मुद्दा दर्ता गरेको थियो । 
 
तर, उनी फरार रहेका थिए । आज उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।