Trending :
 

उखुको खरिद मूल्य प्रतिक्विन्टल ५६५ तोक्ने सरकारको निर्णय, किसानलाई ७० रुपैयाँ अनुदान

पौष ०४,२०८०

-आस्था न्युज

पुस ४, २०८० काठमाडौं ।
सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ तोक्ने निर्णय गरेको छ । 
 
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिद मूल्य ५ सय ६५ रुपैयाँ तोक्ने  निणर्य गरेको हो । 
 
साथै उखु कृषकलाई प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 
 
शर्माले भनिन्,‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्युनतम खरिद मूल्य जुन छ,त्यसलाई उद्योगले रु ५ सय ६५ प्रतिक्विन्टल दिनुपर्ने निर्णय भयो । र,उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल सरकारले अनुदान दिने भन्ने निर्णय भएको छ ।’