Trending :
 

पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन

पौष ०४,२०८०

-आस्था न्युज

पुस ४, २०८० काठमाडौं ।
पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगबाट पीडित उहाँको आज बिहान भक्तपुरस्थित सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो । 
 
मृगौला रोगबाट समेत पीडित रहनुभएका ६५ वर्षीय न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उहाँका आफन्त अधिवक्ता उमाकान्त न्यौपानेले जानकारी दिनुभयो । उहाँको तीन महिनादेखि  प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । न्यौपानेका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।  
 
विसं २०५१ मा कालीकोटमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका न्यौपाने २०५५ सालमा सूचना तथा सञ्चार सहायकमन्त्री हुनुभएको थियो । कालीकोटको रास्कोट नगरपालिका-८ फुकोट गाउँमा जन्मिुनभएका न्यौपाने साविक फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित हुनुभएको थियो ।