Trending :
 

कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित ४ जना पक्राउ

पौष ०४,२०८०

-आस्था न्युज

पुस ४, २०८० काठमाडौं ।
कञ्चनपुरमा चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका-७ बसन्तपुरबाट लागुऔषध (चरेस) ०.७१ ग्राम र ०.०६ ग्राम (खैरो हेरोईन)सहित भिमदत्त नगरपालिका-२ बस्ने २३ वर्षीय हरिश चन्दसहित चार जना गएराति पक्राउ परेका हुन् ।
 
प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी चारै जनालाई पक्राउ गरेको जनाएको छ । थप यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।